प्रदेश १ मा आज थप ३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा १५, झापा र सुनसरीमा ४–४ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५, केराबारीमा ४, बुढीगंगामा ३, बेलबारी, मिक्लाजुङ र उर्लाबारीमा १–१ जना छन् ।
त्यस्तै, झापाको मेचीनगरमा २, दमक र विर्तामोडमा १–१ जना छन् भने सुनसरीको इटहरीमा ४ र प्रदेश १ बाहिरका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यो सँगै प्रदेश १ मा हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५३ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरुमा होमआईसोलेसनबाट २४६ जना छन् भने कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ८७० पुगेको छ ।












Discussion about this post