४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेविसंघ सुनसरीले जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।
नेविसंघ सुनसरीले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिलाई ५ सय बढी जनसमुदाय समक्ष प्रचार गरेको नेविसंघ सुनसरी सभापति मन्दीप भट्टराईले जानकारी दिए ।
नेविसंघ सुनसरीले जननायक वीपीका योगदान तथा उनको राष्ट्रिय मेलमिलाप नीतिको विषयमा पर्चा तयार गरी ५ सय भन्दा बढी सर्वसाधारणलाई वितरण गरिएको नेविसंघ सचिव नवीन कटुवालले जानकारी दिए ।














Discussion about this post