सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षाका क्रममा १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको बताएको छ ।
नक्कली परीक्षार्थी बनेर परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post