प्रदेश १ मा आज थप २६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मोरङमा १३, सुनसरीमा ७, धनकुटामा २, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २–२, रतुवामाई र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ६ र कोशी गाउँपालिकामा १, धनकुटामा २, पाँचथरको फिदिम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ८६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३३ जना डिस्चार्ज भएका छन् ।
होमआईसोलेसनबाट १३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र विराट अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ६५८ पुगेको छ ।













Discussion about this post