काठ तस्करीको आरोपमा झापाको एक सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् ।
झापाको शिवसताक्षी– ११ स्थित गैँडे सामुदायिक वनका अध्यक्ष अमृतबहादुर कार्की र उपाध्यक्ष नन्दप्रसाद राय पक्राउ परेका हुन्।
सब डिभिजन वन कार्यालय दमक र रतुवामाई वृक्षरोपण आयोजनाको संयुक्त टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो । उनीहरूले दुईवटा सालका ठूला रूख काटेको वन कार्यालयले जनाएको छ ।
दुईवटा रूखका २८ वटा टुनासहित उनीहरूलाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय दमकका प्रमुख एकराज दाहालले जानकारी दिए ।














Discussion about this post