प्रदेश १ मा आज १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा मोरंग र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१ जना संक्रमित थपिएका छन् । यसैगरि , झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामको चुलाचुलीमा ४ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रदेश १ मा हालसम्म कुुल संक्रमितको संख्या २९ हजार ९६६ पुगेको छ । संक्रिय संक्रमित २९७ जना छन् ।
प्रदेश १ मा आज मात्रै ५१ जना डिस्चार्ज भएका छन् ।













Discussion about this post