प्रदेश १ मा आज थप २३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ३ र बराहक्षेत्रमा १, झापाको गौरादह र कनकाईमा १–१, भोजपुरको स्थानीय तह नखुलेको १, उदयपुरको त्रियुगामा १, संखुवासभाको सभापोखरीमा १, ते¥हथुमको स्थानीय तह नखुलेको १ र इलामको माई नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ९९६ पुगेको छ ।
प्रदेश १ मा आज ३५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३०, मेची अस्पतालमा २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजमा १–१ जना डिस्चार्ज भएका हुन ।
यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार २४७ पुगेको छ ।












Discussion about this post