Sunday, July 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

संगीतकार राम धामीको बिदाइमा थामिएनन् आँसु (तस्वीरसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २७, २०७७
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
संगीतकार राम धामीको बिदाइमा थामिएनन् आँसु (तस्वीरसहित)
672
SHARES
Share on FacebookShare on Twitter

इटहरी : न छ टेक्ने ठाउँ, न छ बस्ने गाउँ ।
न छ कतै कसैले चिन्ने त्यस्तो कुनै नाउँ ?

मधूरो धूनमा गाडीमा गीत बजिरहेको थियो । सोमबार विहान इटहरी २ मा रहेको संगीत साधना प्रतिष्ठानमा उपस्थित भएका मानिसहरुको आँखा रसाएका देखिन्थे ।

अन्य समयमा गीत, संगीत, कला साहित्यका कार्यक्रममा सहभागी हुन आउने मानिसहरु यसबेला भने शोकसभाका लागि आएका थिए ।

२०२३ वैशाख १६ गते इटहरी २ को थारु समुदायमा जन्मिएर नेपाली गीत, संगीत र कलाको क्षेत्रमा ठूलो योगदान पु¥याएका राम धामीको आइतबार साँझ निधन भएपछि उनको अन्तिम श्रदाञ्जलीका लागि आएका मानिसहरुको आँखा ओभाएनन् ।

धामीको अन्तिम बिदाइमा आएका कलाकर्मी, साहित्यकर्मी तथा संगीतकर्मीहरुले उनको पार्थिब शरीरमा फूलमाला पहि¥याउँदै अन्तिम श्रदाञ्जली दिए ।

धामीको फोक्सोमा निमोनिया भएका कारण निधन भएको थियो । केही समय अगाडि कोरोना पीडित भएका धामी कोरोनामुक्त भएपनि उनको छातीमा निमोनिया भएकाले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचाररत थियो ।

उपचारकै क्रममा उनको आइतबार साँझ निधन भएको हो ।

धामीको नेपाली गीत संगीतको क्षेत्रमा ठूलो योगदान रहेको र उनलाई इटहरीबासीले गुमाउनु अपुरणीय क्षती पुगेको संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले बताए । संगीत साधना प्रतिष्ठानका अध्यक्ष समेत रहेका धामी देशले नै बिर्सन नहुने कला छाडेर विदाई भएको उनले बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य समेत रहेका उनको व्यक्तित्व शालीन र सरल स्वभावको थियो ।

संगीत सिकाएकै भरमा संकटकालको समयमा तीन महिना बढी समय जेल समेत परेका उनमा सानैदेखि संगीतप्रतिको मोह थियो ।

उनी भन्ने गर्थे – ‘अनुशासन र धैर्यता नै जीवनको सफलता हो । मेरो लागि संगीत नै जीवन हो ।’

एक सय बढी गीतमा संगीत भरसकेका धामीले दर्जनौँ गीतमा स्वर दिइसकेका छन् ।

यो पनि – रहेनन् इटहरीका बरिष्ठ संगीतकार राम धामी

Tags: #इटहरीसंगीत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1084 shares
    Share 434 Tweet 271
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    767 shares
    Share 307 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.