इटहरी : संसद विघटनबिरुद्ध शनिबार देशैभर प्रदर्शन गरेको नेपाली कांग्रेस इटहरीमा भने पृथक तरिकाले कार्यक्रम गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रचनात्मक तरिकाले सरकारको विरोध गरेको हो ।
नेविसंघ सुनसरीका उपसभापति सुबेक्छु देवानका अनुसार विरोध सभामा नृत्यसहित विभिन्न प्ले कार्ड देखाईएको थियो ।

‘यति लामो समयसम्म बलात्कारी, भ्रष्टाचारीको बिरुद्धमा बोल्न नसक्नेहरु अहिले आफ्नो पदका लागि यहाँ छौँ भन्दै सडकमा आउनु लज्जास्पद हो,’ उनले टाकुरासँग भने, ‘किसान आन्दोलनमा लुकेर बस्नेहरुको विरोधका लागि पनि हामीले रचनात्मक तरिकाले विरोध गरेका हौँ ।’

उनका अनुसार सडकमा भ्रष्टाचारी होसियार जस्ता नारा लगाउँदै विरोधस्वरुप नृत्य गरिएको थियो ।
इटहरीको मुख्य चौक नजिकै ‘जनता सारा रोइरहन्छ, तेरो खुशी तेरो सत्ता, भ्रष्टाचारी होसियार’ जस्ता नारा लगाउदै नृत्य देखाईएको थियो । ढोल, झ्याम्टा सहित नाराजुलुस गरिएको थियो ।

विरोध र्यालीपछि इटहरीको जनता माविको प्राङ्गणमा कोणसभा गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
















Discussion about this post