धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अनौठो बच्चा जन्माएकी छन् ।
महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आन्द्राभुँडी बाहिरै भएकी छोरी जन्माएकी हुन् ।
जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउँन लगिएकी श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएको बच्चाको पेटबाट आन्द्राभुँडी बाहिर निस्किएको छ ।
‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चा भने अस्वभाविक जन्मिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. तोर्णराज कटुवालले जानकारी दिए ।
‘बच्चाको नाइटो नजिक पेटबाट आन्द्रा र भुडी बाहिरै निस्किएको छ ।’ डा. कटुवालले भने–‘अस्वभाविक बच्चा जन्मिएपछि थप उपचारका लागि रेफर गरेर पठाएका छौं ।’
बच्चालाई थप उपचारका लागि अहिले काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्याइएको उनका वुवा हरिबहादुरले बताए ।













Discussion about this post