बहुविवाह मुद्दाका लागेर फरार २ जना अभियुक्तलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका ५ बस्ने ४१ वर्षीया मञ्जुदेवी भन्ने अम्बिका कटुवाल डाँगी र सोही ठाउँ बस्ने ४७ वर्षीय बम बहादुर डाँगी रहेका छन् ।
जिल्ला अदालत मोरङको २०७० चैत्र ९ गतेको फैसलाले बहुविवाह मुद्दामा उनीहरुलाई जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । फैसला लगत्तै फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट गएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post