इटहरी : इटहरी उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई तलब बराबर जोखिमभत्ता दिने भएको छ ।
उपमहानगरपालिकाले इटहरीमा स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई तलब बराबरको जोखिमभत्ता दिने निर्णय गरेको हो । उपप्रमुख लक्ष्मी गौतमले क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई दोब्बर भत्ता दिइने बताईन् । त्यस्तै, दोस्रो तहमा खटिने लाई ७५ प्रतिशत र तेस्रो तहमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएको उनको भनाई थियो ।
यसअघि नै इटहरीमा कोरोनाको शंका लागेका मानिसलाई राख्नको लागि क्वारेन्टाइनसमेत तयार गरिसकिएको छ ।
रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ
इटहरी : रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाण्डौँबाट दोषी ठहर भई २ वर्ष ६ महिना कैद...
Discussion about this post