इटहरी २ का कोरोना संक्रमित युवालाई स्थानीयले कोरोना नलागेको भन्दै हल्ला फिजाइएपछि उनको उपचारमा खटिने डाक्टरहरुले कोरोना नै भएको पुष्टि गरेका छन् ।
गत ६ गते इटहरी २ का १८ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।
उनको उपचारका लागि विराटनगरको कोभिड १९ विशेष अस्पताल पुुर्याइएपनि निजमा कोरोना नभएको र अन्य रोग नै भएको भन्ने हल्ला इटहरीभरी फैलिइरहेको छ ।
तथापि, डाक्टरहरुले भने कोरोना लागेको व्यक्तिलाई अन्य रोग हुनु स्वभाविक रहेको बताएका छन् ।
डा. दीपक सिग्देल भन्छन्, कुनै पनि मानिसमा रोग हुनु र ती व्यक्तिलाई कोरोना लाग्नुु स्वभाविक हो, तर कोरोना नै नलागेको भन्न मिल्दैन ।
उनले कोरोना लागेको व्यक्तिलाई अन्य रोग हुनु स्वभाविक रहेको सुनाए ।
ती युवामा छातीमा समस्या रहेको भएपनि छाती र कोरोनाबीचको सम्बन्ध केही नमिल्ने सिग्देलले प्रतिक्रिया दिए ।
Discussion about this post