धरान १४ स्थित विजयपुरमा चौकको नाममा विवादको क्रममा दुई पक्षबीच झडप हुँदा १४ नम्बर वडाका दलित महिला सदस्य सहित तीनजना जना घाइते भएका छन् ।
धरान १४ को बमधारा मार्गमा नामकरण गरिएको शिवजी चौकको विषयमा विवाद भएको थियो । शिवजी चौक भन्दा युवाहरूलाई लक्षित गरेर गजाडी भन्न खोजेको आरोप लगाउँदै केही युवाहरूले विरोध गर्दै आएका थिए ।
झडपको क्रममा धरान १४ का दलित महिला सदस्य मनिषा विक, पूर्व प्रहरी हवल्दार झलक तामाङ र सुरज विक घाइते भएका छन् । घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।
झडपमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार बाबुराम अधिकारी, अर्जुन तामाङ, पदम तामाङ, गणेश कार्की र मनोज तामाङलाई प्रहरीले पक्राउ गरी घटनाबारे अनुसन्धान अगाडि बढाएको छ ।
Discussion about this post