Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

जाडोमा दमबाट बच्ने उपाय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०७७
in विविध
0
जाडोमा दमबाट बच्ने उपाय
262
SHARES
Share on FacebookShare on Twitter

नेपालमा मौसम परिवर्तन सँगसँगै दमका बिरामीको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।

तुलनात्मक रूपमा पनि जाडो मौसममा पछिल्लो समय जाडो मौसममा दमका बिरामीहरू अत्यधिक मात्रामा बढिरहेका छन् । दम पनि धेरै प्रकारको हुन्छ ।

सामान्य भाषामा कुनै पनि मानिसलाई सास फेर्न गाह्रो हुनुलाई बुझिन्छ । दमलाई एउटा रोगको रूपमा नबुझी यसलाई एउटा रोगको सङ्क्रमणले गर्दा श्वास प्रश्वासमा कठिनाइ उत्पन्न भइरहेको हुन्छ दमको रोग कुनै पनि उमेरका मानिसलाई हुन सक्छ । यदि दम भएमा श्वास फेर्न गाह्रो हुन्छ ।

मानिसहरूमा क्रोनिक ब्रोन्काइटिस भन्ने रोग छ, यो रोग प्रायः चुरोट खाने, धुवाँमा बढी काम गर्ने र बाह्य प्रदूषित वातावरणमा काम गर्नेलाई लाग्दछ । जस्तै कुनै पनि मानिसलाई क्षयरोग छ भने पनि यो रोगले फोक्सोलाई धेरै मात्रामा कमजोर बनाएको हुन्छ । जुन बिरामीमा क्षयरोग छ, सोही बिरामीलाई निकट भविष्यमा सास फेर्न गाह्रो हुने र छाती दुख्ने आदि हुन्छ ।

(१) यस कारण देखापर्छ दम : नेपालमा वातावरण प्रदूषणका कारण दमका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

प्रायजसो नेपालमा क्रोनिक ब्रोन्काइटिस भएर दम हुन्छ । यस्तो दम प्रायः चुरोट तान्ने र चुलाको धुवाँमा बस्ने मानिसलाई बढी देखापर्ने गर्छ ।

यो कारण सँगसँगै क्षयरोग तथा बाल्य अवस्थामा छातीको सङ्क्रमण भएका व्यक्तिलाई भविष्यमा गएर दम हुने सम्भावना अत्यधिक बढी हुन्छ ।

मानिसको फोक्सोमा विभिन्न रोग लागेका हुन्छन्, त्यस्ता रोगका कारणले सुरुमा खोकी लाग्ने, खकार आउने र भविष्यमा गएर दम हुने गर्छ । यदि कुनै पनि मानिस धुवाँधुलो अत्यधिक हुने काम गर्छ भने उसलाई पनि दम हुने सम्भावना हुन्छ । मुुटुका बिरामीहरूलाई पनि श्वास फेर्न गाह्रो हुने गर्छ ।

चुरोटको सेवन गर्ने, अत्यधिक धुँवाधुलोमा काम गर्ने र यदि गर्भवती महिलाले चुरोट खाएको खण्डमा भविष्यमा जन्मने बच्चालाई पनि दम हुने सम्भावना अन्यको तुलनामा धेरै हुन्छ ।

(२) यस्ता हुन्छन् दमका लक्षण : दमको मुख्य लक्षणका रूपमा श्वास फेर्न गाह्रो महसुस हुनु खोक्दा खकार निस्कने, खोकी लाग्ने हुन्छ । बिरामीलाई तलमाथि, उकाली ओराली गर्दा श्वास बढेर आउँछ ।

दम भएका बिरामीलाई छातीमा दुख्ने र खोक्दाखेरी खकारमा रगत समेत देखापर्छ । यदि कुनै बिरामीमा क्रोनिक ब्रोन्काइटिस छ भने फोक्सोमा रगत देखापर्छ । मानिसमा क्षयरोग भएमा पनि फोक्सोमा सङ्क्रमण भई मुखबाट रगत आउने गर्छ । खकारमा रगत देखिएमा त्यसलाई तुरुन्त आफ्नो डाक्टर समक्ष परामर्श गर्नु आवश्यक छ । कुनै क्यान्सर तथा सानातिना ट्युमरको कारणले पनि खोक्दा रगत आउने हुन्छ ।

दमको कारणले कहिलेकाहीँ बिरामीलाई छाती कस्सिए जस्तो अथवा केही कुराले थिचे जस्तो महसुस हुने, लामो सास फाल्न र लिन खोज्दा गाह्रो महसुस हुने गर्छ । तर यो के–कति कारणले भइरहेको छ भन्ने वास्तविकता पत्ता लगाउन शरीरको जाँच गर्नु आवश्यक छ ।

(३) दमको उपचार विधि : दमको उपचार गर्नुभन्दा पहिले के–कति कारणले श्वासप्रश्वासमा अवरोध आएको हो, कुन रोगको कारणले हो भन्ने यकिन गर्नुपर्छ र सोहीअनुसार रोगको उपचार गर्नुपर्छ ।

दम रोग लागेका बिरामीहरूले औषधि खाएपछि बानी पर्छ भन्ने गलत धारणा रहेको छ । दमका औषधिहरू नियमित रूपमा सेवन गरेमा बिरामीलाई सजिलो हुने गर्छ । कुनै पनि बिरामीलाई दम भएको शङ्का लागेमा तुरुन्त डाक्टर समक्ष परामर्श लिनु आवश्यक छ जसले गर्दा दम हो या होइन भन्ने यकिन गर्न सजिलो हुन्छ ।

यदि कुनै पनि व्यक्तिलाई वंशाणुगत कारणले दम छ भने यो पूर्णरूपमा निको नहुन पनि सक्छ ।

(४) यसरी रोकथाम गर्न सकिन्छ दम : चिसोबाट बच्नुपर्छ । जाडो समयमा दमले बढी सताउने भएकाले आँफू बस्ने घर र कोठालाई न्यानो बनाउने र आँफूले लगाउने लुगा पनि न्यानो हुनुपर्छ ।

दम छाती रोगका कारण नै हुने गर्छ । बाल्यकालमा छातीमा सङ्क्रमण देखियो भने त्यसलाई पूर्ण औषधि उपचार गराउनुपर्छ । दम हुने मानिसले दाउराको चुलो, धुवाँ र धुलोबाट टाढा नै रहनुपर्छ । बाहिरी वातावरणको धुलो नलागोस् भनेर माक्स लगाएर हिँडडुल गर्नुपर्छ ।

यदि चुरोट तान्ने बानी छ भने पनि त्यसले फोक्सोमा नराम्रो असर पार्छ । त्यसैले चुरोट खानु हुँदैन र खाने मानिसको वरिपरि बस्यो भने त्यसबाट आउने धुँवाले फोक्सोमा सङ्क्रमण गर्न सक्छ । त्यसैले हामीले फोक्सोलाई जहिले पनि स्वस्थ राख्न सकिएको खण्डमा दम रोगबाट बच्न सकिन्छ ।

यदि कुनै मानिसलाई छातीमा सङ्क्रमण भएमा डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ ।

डा. सुरजकुमार गुप्ता (वरिष्ठ दम तथा छाती रोग विशेषज्ञ )
नर्भिक अस्पताल, थापाथली

Tags: #स्वास्थ्य टिप्स
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान
विविध

झापाको वन क्षेत्र राष्ट्रिय औसतभन्दा कम, विस्तारका लागि विशेष अभियान

by रासस
असार ११, २०८३
0

झापा : वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ।...

खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस
विविध

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

by रासस
असार १०, २०८३
0

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन...

छोराछोरी विद्यालयमा, आमा पनि विद्यार्थी : ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी

छोराछोरी विद्यालयमा, आमा पनि विद्यार्थी : ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी

असार १०, २०८३
बाँदर आतंकले रित्तिँदै भोजपुरका बस्ती

भोजपुर : गाउँपालिकाले बाँदरलाई बन्ध्याकरण गर्ने

असार १०, २०८३
कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.