Monday, November 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

साथीहरूसँग घुम्न निस्किएका सुनसरीका यादव जब लास बनेर भेटिए…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १, २०७७
in टाकुरा विशेष, समाचार
0
साथीहरूसँग घुम्न निस्किएका सुनसरीका यादव जब लास बनेर भेटिए…
218
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको भोक्राहामा २२ वर्षीय गुणराज यादवको बीभत्स हत्या गरी बोरामा बाँधेर फालिएको घटनामा उनकै साथीहरू संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका ७ बस्ने यादवको उनकै घर आसपासका साथीहरूबाट बिहीबार रातको समयमा हत्या गरी बोरामा हात-खुट्टा बाँधेर सुनसरी खोलामा फालिएको अनुसन्धानले देखाएको छ ।

भोक्राहा नरसिंह ७ मा यादवले तीन महिना अघिदेखि मोबाइल मर्मत पसल खोलेका थिए । बिहीबार ४ बजे तिर पसल बन्द गरेर घर नजिककै साथी सिवु मेहतासँग साइकलमा यादव इनरुवा बजार घुम्न आएका थिए ।

इनरुवाबाट घर फर्किने क्रममा थप केही साथीहरूसँग भेट भएपछि यादवसहित केहीले एक घरमा खाजा खाएका थिए । त्यसपछि यादव बेपत्ता भएका थिए ।

यादवलाई स्थानीय छिमेकी र परिवारले शुक्रवार बिहान खोज्ने क्रममा घरदेखि तिन सय मिटर पर रगतको लतपतिएको अपराध स्थल भेटाएका थिए । लगतै प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । त्यस क्रममा यादवसँगै इनरुवा गएका सिवुसहित केही युवालाई नियन्त्रण लिएर घटनाको अनुसन्धान शुरु गरिएको थियो ।

अपराध स्थलबाट प्रहरीले डोरी, चप्पल र बास बरामद गरेको छ ।

अनुसन्धानको लागि नियन्त्रणमा लिएका युवाहरू कै सूचनाको आधारमा बेपत्ता यादवको शव शनिबार बिहान भोक्राहा नरसिंह ५ झोलुङ्गे पुल नजिक सुनसरी खोलामा शव भेटिएको हो ।

यादवको साथीहरूसँग खाजा खाए पश्चात् विवाद भएको बताइएको छ । के कारणले विवाद उत्पन्न भयो ? भन्ने विषयमा भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यादवलाई खाजा खाएको स्थलदेखि केही मिटर पर खेतमा लगेर हत्या गरिएको अनुसन्धानबाट देखिएको छ । यादवलाई रातको समयमा खेतको किनारमा राखिएको पानी तान्ने पम्प सेटसँगै रहेको बासले टाउकोमा प्रहार गर्नुको साथै शरीरका विभिन्न भागमा धारिलो हतियार समेत प्रहार गरिएको छ । यस्तै उनको एउटा कान काटिएको छ भने आँखामा गहिरो चोट देखिन्छ ।

हत्यापछि यादवलाई हात खुटा बाँधेर प्लास्टिकको बोरामा हालेर राती नै सुनसरी खोलामा फालिएको अनुसन्धानले देखाएको छ ।

सुनसरी प्रहरीले हत्यामा संलग्न ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । घटनाको विषयमा गहन अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

‘शङ्कास्पद केही पक्राउ परेका छन्’  उनले भने ‘मृतकको शरीरमा धेरै चोटपटक देखिएका कारण पोस्टमार्टम रिर्पाेट कुरिरहेका छौ ।’ घटनाको सही तथ्य आउन समय लाग्ने थापाको भनाई छ ।

अपराधन्यूजबाट साभार ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ
FEATURE BREAKING

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नस्थित घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ
भिजिट नेपाल

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

by रासस
कार्तिक ३०, २०८३
0

भोजपुर : पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस...

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३
तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

कार्तिक २९, २०८३
सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

कार्तिक ३०, २०८३
प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

कार्तिक ३०, २०८३
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1091 shares
    Share 436 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    516 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    338 shares
    Share 135 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.