इटहरी : इटहरी उपमहानगरपालिकामा १८ गतेदेखि बजार, पसल खोल्ने तयारी गरिएको छ ।
आइतबार इनरुवामा जिल्लाका सबै पालिकाका प्रमुख, जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, उद्योग बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी लगायत बसेको बैठकले आगामी १८ गतेदेखि बजार, पसल खोल्ने तयारी गरिएको हो ।
उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलका अनुसार इटहरी क्षेत्रमा भएका सबै बजार खोल्ने तयारी गरिएको हो ।
“सबै स्वास्थ सामाग्री अपनाएर भीड नगरी विहान ११ बजेसम्मका लागि पसल खोल्ने तयारी भएको छ,” पौडेलले टाकुरासँग भने, “होटल, शैलुन र फ्लिम हल बाहेकका अन्य सबै पसल खोल्ने तयारी गरिएको हो ।”
उनका अनुसार विहान ११ बजेसम्म तरकारी पसल, अन्य बजार क्षेत्र भीड नगरी, दूरी कायम गरि खोल्ने तयारी भएको हो ।
आइतबार प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले उवासंघका प्रतिनिधिलाई बजार खोल्ने वा नखोल्ने भन्नेबारे आफैं निर्णय गर्न निर्देशन दिएसँगै उवासंघ इटहरीले १८ गतेबाट पसल खोल्ने तयारी थालेको हो ।
यसअघि आगामी १७ गते राति १२ बजेसम्मका लागि सुनसरीमा निषेधित क्षेत्र घोषणा गरिएको थियो ।












Discussion about this post