Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ६, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्
912
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी २० कि दिलकुमारी राई मंगलबार बिहान आक्रोशित मुद्रामा थिइन् । इटहरीमा केही दिनयता देखि हुन थालेको लोडसेडिङका कारण उनी आक्रोशित भएकी हुन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल पूरा गरेर बिदा भएसँगै इटहरीमा लोडसेडिङ हुन थालेको उनको तर्क छ ।

‘इटहरीमा लोडसेडिङ हुन थालेको आज ठीक ६ दिन भयो, सरकारको लापरबाहीका कारण अहिले व्याप्त रुपमा लाइन जान थालेको छ ।’ उनका अनुसार अहिले इटहरी क्षेत्रमा दैनिक १८ घण्टासम्म लाइन जान थालेको छ । गत २०७४ साउन २७ गते इटहरीमा आएको भीषण बाढीका कारण इटहरीमा ४ दिन लाइन काटिएको थियो । त्यसपछि भने इटहरीमा खासै लोडसेडिङ नभएको भएपनि अहिले केही दिनयता लाइन जान थालेपछि स्थानीय आक्रोशित भएका छन् ।

राईले टाकुरासँग भनिन्, ‘हामीलाई जो कार्यकारी आएपनि लाइन चाहियो, अहिले कुलमानको कार्यकाल सकिने बित्तिकै लाइन जान थालेको छ, भोलिका दिनमा यहि हिसाबले लोडसेडिङ हुने हो भने सडकमा सरकारबिरुद्ध आगो बल्न सक्छ, यो दिन नआओस् ।’ उनले सरकारकै कमजोरीका कारण अहिले लाइनमा समस्या भएको औल्याउँदै एक हप्ता अगाडिबाट इटहरीमा लोडसेडिङ हुन थालेको र यसको तत्काल समाधान नभएमा सरकारबिरुद्ध सडकमा आगो बल्ने चेतावनी दिईन् ।

सुनसरी झुम्काका रोमु अधिकारीले पनि केही दिनयता लाइनमा समस्या भएको बताए । उनले भने, ‘अहिले लाइन जाने आउने क्रम चलिरहेको छ, दिनैभरी लाइन जाने र राती मात्रै आउने गरेको छ । निकै समस्या भईरहेको छ ।’ अहिले लाइन नआएका कारण आँफूहरु मारमा परेको उनले सुनाए ।

इटहरी २० कै गंगा अधिकारीले अहिले आफ्ना छोराछोरीको अनलाइन कक्षा सञ्चालन भइरहेकाले लाइन नआउँदा समस्या रहेको बताईन् । ‘लाइन नआएकाले अहिले छोराछोरीको अनलाइन कक्षामा पनि समस्या भईरहेको छ,’ उनले टाकुरासँग भनिन्, ‘अनलाइन कक्षाको एडभान्समै पैसा तिर्नुपर्ने बाध्यता छ, लाइन नआएकाले छोराछोरीको पढाईमा मात्र नभई अन्य कुरामा पनि बाधा भएको छ ।’

स्थानीय विशाल रेग्मीका अनुसार बिद्युत् प्राधिकरणका कर्मचारीले सर्वसाधारण मानिसको गुनासोलाई बेवास्ता गर्ने गरेका छन् । उनले टाकुरासँग भने, ‘मैले पटक–पटक प्राधिकरणमा फोन गर्दा कर्मचारीले हामीले केही गर्न सक्दैनौँ, भन्ने खालका जवाफ दिने गरेका छन्, हामी केही गर्न सक्दैनौँ, अब सधैँ यस्तै हो, तपाईँहरु तात्नुहोस् भन्ने खालका जवाफ दिन्छन् ।’ उनका अनुसार लाइन सम्बन्धी जानकारी लिनका लागि फोन गर्दा विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका कर्मचारी पन्छिने गरेका छन् ।

सुनसरीको दुहवी सब–वितरण केन्द्र रहेको इटहरी वितरण केन्द्रले यो क्षेत्रमा केही दिनयता लाइन काटेकाले अहिले स्थानीय सर्वसाधारण मानिसहरु आक्रोशित रहेका छन् । यस बिषयमा विद्युत् प्राधिकरण इटहरीमा बुझ्दा प्राविधिक कारणले लाइन गएको जवाफ दिने गरेका छन् ।

Tags: #इटहरी#लोडसेडिङ#विद्युत् प्राधिकरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ
विविध

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : रसुवाको भोटेकोशी क्षेत्रमा भएको भीषण विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.