Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा कोरोनाको ग्राफ बढ्दो, दुई दिनमा तीनजनाको मृत्यु

संक्रमितको संख्या ५ सय नाघ्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १५, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीमा कोरोनाको ग्राफ बढ्दो, दुई दिनमा तीनजनाको मृत्यु
379
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो केही दिनयता इटहरीमा कोरोनाको ग्राफ बढेको छ ।

पछिल्लो दुईदिनमा कोरोना भाइरस संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । असोज १४ र १५ गतेको अवधिमा इटहरीका कोरोनाका कारण तीनजनाको मृत्यु भएको इटहरी अस्पतालका इमरजेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले पुष्टि गरे ।

इटहरी ५ का ७३ बर्षीय पुरुषको १४ गते विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनले आँफैले अस्पताल गएर स्वाब दिएको धमलाले जानकारी टाकुरालाई दिए । उनको बुधबार विहान ११ बजे कोशी अस्पतालमा मृत्यु भएको थियो ।

त्यस्तै, बुधबार राती ९ बजेर ४५ मिनेटमा इटहरीका अर्का एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

विराट नर्सिङ होममा उपचार सम्भव नभएपछि प्रतिष्ठानमा ९ बजेर ३० मिनेटमा उनलाई आइसियुमा भर्ना गरिएको थियो । तर, उनको भर्ना भएको १५ मिनेटमै मृत्यु भएको वीपी प्रतिष्ठानका प्रबक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ती ब्यक्तिलाई निमोनिया भएको थियो ।

त्यस्तै, १४ गते बेलुका ५ बजेर ३० मिनेटमा इटहरी ४ का अर्का व्यक्तिको पनि मृत्यु भएको छ । गत ११ गतेदेखि विराटनगर कारागारमा लागूऔषध मुद्धामा बन्दी सजाय भोगिरहेका उनको बुधबार मृत्यु भएपनि बिहीबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो ।

लागूऔषध मुद्धामा सजाय भोगिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएपनि उनको मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बिहीबार मात्र आएको थियो ।

संक्रमितको संख्या ५ सय नाघ्यो

इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । बुधबार राती इटहरीमा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५ सय नाघेको हो ।

असोज ११ र १२ गते गरिएको स्वाब संकलन मध्ये थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेहरुमा इटहरी ४ का १ जना, ५० बर्षीय पुरुष, इटहरी ५ का १ जना, १९ बर्षीया महिला, इटहरी ७ का १ जना, ४५ बर्षीय पुरुष, इटहरी ८ का १ जना, ४१ बर्षीया महिला, इटहरी ९ का १ जना, २७ बर्षीय पुरुष, इटहरी १० का २ जना, २५ बर्षीय पुरुष र ३२ बर्षीया महिला, इटहरी १२ का ३ जना, ४२, ५८ बर्षीय पुरुष र ४५ बर्षीया महिला रहेका छन् ।

त्यस्तै, विभिन्न अस्पतालमा आफैँ जाँच गरेका मध्ये इटहरी १ का १ जना, २९ बर्षीय पुरुष, इटहरी ५ का ३ जना, २९, ५५, ७२ बर्षीय पुरुष, इटहरी ८ का २ जना, ३०, ३६ बर्षीय पुरुष, इटहरी ९ का १ जना, ३७ बर्षीया महिला, इटहरी १३ का १ जना, ३१ बर्षीया महिला, इटहरी १६ का १ जना, ३३ बर्षीय पुरुष, इटहरी २० का १ जना, ७७ बर्षीया महिला, नेपाली सेना इटहरी ब्यारेकका १ जना, ३१ बर्षीय पुरुष रहेका छन् ।

यो सँगै हालसम्म इटहरीमा संक्रमण पुष्टि भएकाको संख्या ५ सय १६ पुगेको छ ।

Tags: #कोरोना#मृत्यु. #इटहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.