इटहरी : पछिल्लो केही दिनयता इटहरीमा कोरोनाको ग्राफ बढेको छ ।
पछिल्लो दुईदिनमा कोरोना भाइरस संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । असोज १४ र १५ गतेको अवधिमा इटहरीका कोरोनाका कारण तीनजनाको मृत्यु भएको इटहरी अस्पतालका इमरजेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले पुष्टि गरे ।
इटहरी ५ का ७३ बर्षीय पुरुषको १४ गते विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनले आँफैले अस्पताल गएर स्वाब दिएको धमलाले जानकारी टाकुरालाई दिए । उनको बुधबार विहान ११ बजे कोशी अस्पतालमा मृत्यु भएको थियो ।
त्यस्तै, बुधबार राती ९ बजेर ४५ मिनेटमा इटहरीका अर्का एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
विराट नर्सिङ होममा उपचार सम्भव नभएपछि प्रतिष्ठानमा ९ बजेर ३० मिनेटमा उनलाई आइसियुमा भर्ना गरिएको थियो । तर, उनको भर्ना भएको १५ मिनेटमै मृत्यु भएको वीपी प्रतिष्ठानका प्रबक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ती ब्यक्तिलाई निमोनिया भएको थियो ।
त्यस्तै, १४ गते बेलुका ५ बजेर ३० मिनेटमा इटहरी ४ का अर्का व्यक्तिको पनि मृत्यु भएको छ । गत ११ गतेदेखि विराटनगर कारागारमा लागूऔषध मुद्धामा बन्दी सजाय भोगिरहेका उनको बुधबार मृत्यु भएपनि बिहीबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो ।
लागूऔषध मुद्धामा सजाय भोगिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएपनि उनको मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बिहीबार मात्र आएको थियो ।
संक्रमितको संख्या ५ सय नाघ्यो
इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । बुधबार राती इटहरीमा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५ सय नाघेको हो ।
असोज ११ र १२ गते गरिएको स्वाब संकलन मध्ये थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेहरुमा इटहरी ४ का १ जना, ५० बर्षीय पुरुष, इटहरी ५ का १ जना, १९ बर्षीया महिला, इटहरी ७ का १ जना, ४५ बर्षीय पुरुष, इटहरी ८ का १ जना, ४१ बर्षीया महिला, इटहरी ९ का १ जना, २७ बर्षीय पुरुष, इटहरी १० का २ जना, २५ बर्षीय पुरुष र ३२ बर्षीया महिला, इटहरी १२ का ३ जना, ४२, ५८ बर्षीय पुरुष र ४५ बर्षीया महिला रहेका छन् ।
त्यस्तै, विभिन्न अस्पतालमा आफैँ जाँच गरेका मध्ये इटहरी १ का १ जना, २९ बर्षीय पुरुष, इटहरी ५ का ३ जना, २९, ५५, ७२ बर्षीय पुरुष, इटहरी ८ का २ जना, ३०, ३६ बर्षीय पुरुष, इटहरी ९ का १ जना, ३७ बर्षीया महिला, इटहरी १३ का १ जना, ३१ बर्षीया महिला, इटहरी १६ का १ जना, ३३ बर्षीय पुरुष, इटहरी २० का १ जना, ७७ बर्षीया महिला, नेपाली सेना इटहरी ब्यारेकका १ जना, ३१ बर्षीय पुरुष रहेका छन् ।
यो सँगै हालसम्म इटहरीमा संक्रमण पुष्टि भएकाको संख्या ५ सय १६ पुगेको छ ।














Discussion about this post