इटहरी : इटहरीमा आज एकैदिन थप ९८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
असोज २२ र २३ गते गरिएको स्वाब संकलन मध्ये थप ९८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । संक्रमित हुनेहरुमा इटहरी १ का ७ जना रहेका छन् । ५ जना महिला र २ जना पुरुष रहेका छन् ।
इटहरी २ का १ जना पुरुष, इटहरी ४ का १० जना, ७ जना महिला र ३ जना पुरुष रहेका छन् । त्यस्तै, इटहरी ५ का १७ जना, ३ जना महिला र १४ जना पुरुष, इटहरी ६ का ७ जना, ४ जना महिला र ३ जना पुरुष, इटहरी ७ का ११ जना, ३ जना महिला र ८ जना पुरुष, इटहरी ८ का ४ जना, ३ जना महिला र १ जना पुरुष रहेका छन् ।
त्यस्तै, इटहरी ९ का ७ जना, ४ जना महिला र ३ जना पुरुष, इटहरी १० का १ जना पुरुष, इटहरी १६ का १ जना महिला, इटहरी १७ का १५ जना, ३ जना महिला र १२ जना पुरुष रहेका छन् । त्यस्तै, इटहरी १९ का २ जना पुरुष, इटहरी २० का २ जना पुरुष, सुन्दरहरैँचा ५ का २ जना, १ जना पुरुष र १ जना महिला, बिराटनगर ३ का १ जना पुरुष रहेका छन् ।
त्यस्तै, बिभिन्न अस्पतालमा आफैँ जाँच गराएका मध्ये इटहरी २ का १ जना महिला, इटहरी ४ का २ जना पुरुष, इटहरी ५ का ६ जना, २ जना महिला र ४ जना पुरुष, इटहरी २० का १ जना महिला रहेका छन् ।
यो सँगै इटहरीमा हालसम्म संक्रमित हुनेको संख्या ८ सय ७९ पुगेको छ भने १० जनाको मृत्यु भईसकेको छ ।














Discussion about this post