Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोरोना नियन्त्रणमा ५ करोड खर्च गरेको इटहरीमा निको भएका संक्रमितको डाटा छैन

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
अशोज २७, २०७७
in टाकुरा विशेष, समाचार
0
कोरोना नियन्त्रणमा ५ करोड खर्च गरेको इटहरीमा निको भएका संक्रमितको डाटा छैन
463
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि भनेर झण्डै पाँच करोड रुपैँया खर्च ग¥यो ।

विगत सात महिनायता देखि भएको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि उपमहानगरपालिकाले विभिन्न शीर्षकमा झण्डै पाँच करोड रुपैँया खर्च गरेको थियो । तर, उपमहानगरपालिका क्षेत्रमा अहिलेसम्म कोभिड १९ बाट संक्रमित भएका मानिसहरुको विवरण भएपनि निको भएका संक्रमितको यकिन डाटा छैन ।

इटहरी अस्पतालका अनुसार सोमबार साँझ थपिएका ९८ जना संक्रमित सहित अहिलेसम्म ८ सय सय ७९ जना संक्रमित रहेका छन् । उनीहरु मध्ये कतिजना संक्रमित निको भएकोबारे न त इटहरी अस्पतालले नै डाटा दिन सकेको छ, न उपमहानगरपालिका कार्यालय नै ।

इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमला भन्छन्, ‘अपडेट निकाल्न नै भ्याईरहेका छैनौँ, म्यानपावर नै कम छ ।’ संक्रमित निको भएकाबारे नयाँ अपडेट निकाल्न करीब एक महिना समय लाग्ने उनको भनाई रहेको थियो ।

उनका अनुसार हाल होम आइसोलेसनमा २८६ संक्रमित रहेका छन् भने इटहरीको रंगशालामा ४५ जना संक्रमित रहेका छन् । तर, तथ्यगत रुपमा निको भएका संक्रमितबारे आँफूहरुले डाटा तयार पार्न नसकेको उनले स्वीकार गरे ।

धमलाका अनुसार हालसम्म इटहरीमा कोरोना भाइरसबाट संक्रमित भएर मृत्यु हुनेको संख्या १० जना रहेका छन् । ‘मुख्य कुरा त हामीले माथि रिपोर्टिङ नै गर्नुपर्दैन, त्यो भएर पनि त्यतातिर प्राथमिकता भएन,’ उनले टाकुरासँग भने, ‘सबै हस्पिटलमा समन्वय गरेर पन्ध्र दिनदेखि एक महिना भित्रमा निको भएका संक्रमितको डाटा तयार हुन्छ ।’

उनले आँफूहरुले माथिल्लो निकायमा निको भएका संक्रमितको बारेमा रिपोर्टिङ गर्न नपर्ने भएकाले पनि डाटा तयार नगरेको प्रतिक्रिया दिए ।

यता इटहरी उपमहानगरपालिकाले कोरोना भाइरसको असरमा परेका नागरिकको उद्धार, राहत, पुनस्र्थापना तथा नियन्त्रण शीर्षकमा ४ करोड ९८ लाख ७० हजार २६९ रुपैँया खर्च गरेको छ ।

नगरपालिका श्रोतले ४ करोड ३६ लाख ५६ हजार २८० रुपैँया बजेट बिनियोजन गरेको थियो भने राहत संकलन श्रेस्ताअनुसार ६२ लाख १३ हजार ९८९ रुपैँया संकलन भएको थियो ।

नेपाल बैँक लिमिटेड इटहरी शाखाको खाता नम्बर ०५९०३००००००००५००४००२ र ०५९०३०००००७००२०००००१ मा सहयोगीहरुले रकम जम्मा गरेको देखिन्छ ।

उपमहानगरपालिकाले गरेको खर्चको स्टटमेन्ट उपलब्ध गराएको भएपनि उक्त स्टेटमेन्टमा कुन शीषर्कमा कति खर्च भएको भन्ने खुलेको छैन ।

कोरोना नियन्त्रणमा जम्मा भएको रकम ।

क्वारेन्टिन निर्माण, राहत, उद्धार, पुनस्र्थापना तथा महामारी नियन्त्रणमा कति खर्च भयो भन्ने हिसाब उपमहानगरपालिकाले दिन सकेको छैन । विभिन्न शीर्षकमा खर्च भएको देखाएपनि कुन शीर्षकमा कति रकम खर्च भएको भन्नेबारे उपमहानगरपालिकाका सम्बन्धित व्यक्ति चुप रहेका छन् ।

झण्डै पाँच करोड रुपैँया कोरोना राहत, उद्धार तथा नियन्त्रण शीर्षकमा खर्च गरेको उपमहानगरपालिकामा हालसम्म निको भएका संक्रमितको डाटा नहुनु हाँस्यास्पद रहेको स्थानीय गोविन्द सुवेदी बताउँछन् । इटहरी उपमहानगरपालिकाले कोरोनालाई पराजित गर्दै निको हुनेको डाटा भने दिन नसक्नु लज्जास्पद रहेको उनको तर्क छ ।

जिम्मेवारी निकायले नै यसबारे तथ्यगत डाटा दिन नसक्दा सर्वसाधारणमा दिनानुदिन त्रास थपिईरहेको उनको भनाई छ । ‘दिनानुदिन यति संक्रमित थपिए भनेर आउने समाचारले त्रसित बनाउँछ,’ उनले भने, ‘तर अहिलेसम्म कतिजनाले कोरोना जिते भन्नेबारेमा समाचार नै आउँदैनन् ।’

उनले कोरोनाका कारण देखाउँदै जनता त्रसित बनाउँने काम भएको भन्दै आपत्ति जनाए ।

यस बिषयमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भने कार्यालयमा डाटा रहेको दाबी गरे ।

‘त्यहाँ अफिसमा आएर डाटा लिनुस् होला, किन नहुनु,’ उनले टाकुरासँग भने, ‘अफिसका कर्मचारीहरुसँग डाटा लिनुहोस्, त्यहाँ हुन्छ ।’ उनले कर्मचारीसँग डाटा रहेको बताएपनि स्वास्थ्य शाखाका कर्मचारीले यकिन डाटा दिन सकिरहेका छैनन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका #कोरोना
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    438 shares
    Share 175 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.