Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १७, २०७७
in टाकुरा विशेष, समाचार
0
साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’
8.9k
SHARES
Share on FacebookShare on Twitter

मसिंर १० गते सुनसरीको दुहबी नगरपालिका २ बीरगाँउका १७ वर्षीय सुजन नारायण चौधरी दिनभर घरमै व्यस्त थिए ।

बेलुका करिब ५ बजे घरदेखि नजिकैको पसलमा चिसो स्प्राईट खान निस्केका सुजन र छिमेकी २० वर्षीय सुमन झासँग जम्काभेट हुन्छ ।

केही बेर पब्जी खेलको विषयमा एकअर्कोबीच कुरा हुन्छ । त्यही क्रममा सुमनले एक महिना अघि दुहबीकै सखुवाटोकीको झुलुङगे पुल उद्घाटनको क्रममा आँफूलाई जिस्काएको कुरा निकाल्छन् ।

तर सुजनले साथीभाइबीच सामान्य मजाक गरेको जवाफ दिन्छन् । तर, सुमनले भने त्यो दिन देखिनै साथीभाइकोबीच कपडाको विषयमा खिल्ली उडाएको भनेर बदला लिने सोच बनाएका हुन्छन् । स्प्राईट पिएर सुमनले सुजनलाई दुहबी बजार घुम्न जाँउ भन्छन् ।

बजार घुमेर फर्किएका दुवैजना घरदेखि केही मिटर कोसी राजमार्गसँग जोडिएको शुभलक्ष्मी खाद्य उघोग पछाडि पुग्छन् । सुमनले बदला लिने सोचका साथ सुजनलाई उघोग छेउको घारीमा करिब ८ बजेतिर पुराउँछन् । बाटोमै पब्जी खेलौँ भनेर सुमनले उनलाई अल्झाउँछन् । त्यही क्रममा सुमनले पछाडिबाट घाटी दबाउँछन् ।

सुजनले पनि प्रतिकार गर्छन् । प्रतिकार गर्दा सुमनको कोखामा लात्ती लागेपछि थप अबेगमा आएका सुमनले हातैले उनको गला दबाएर हत्या गर्छन् ।

मृतक सुजनले एक महिना अघि जिस्काएको घटनापछि पनि क्रमशः बीचमा पटक–पटक आँफूलाई होच्याएर जिस्काउने गरेको र त्यसको बदला लिन आफूले १० गते आबेगमा आएर हत्या गरेको सुमनले प्रहरी समक्ष बयान दिएका छन् । घटना अनुसन्धानमा खटिएका प्रहरीलाई सुमनले बयान दिँदै भनेका छन् ‘मलाई सुजनले तेरो कपडा राम्रो छैन, चप्पलमा मात्र हिड्छन्, तँसँग मलाई सङ्गत गर्नु छैन’ । भनेर पटक पटक गाली गर्थ्यो । गाउँमा पनि मलाई खाते भनेर अपमान गर्दथ्यो ।

सुमनले थप्दै भने ‘भाइ हो भनेर मैले धेरै पटक सहे ।’ तर मसिंर १० गते उसले मलाई फेरी अपमान गरेर बोलेपछि एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ । त्यो बेला मलाई अति धेरै रिस उठेको थियो ।

यता ५ बजे घर बाट हिँडेको सुजन घर नफर्किएपछि उनको घरपरिवारमा चिन्ता बढेको थियो । घटना हुनु अघि सुजनले घर फर्किँदै गरेको आमालाई फोनमा भनेका थिए । तर ८ बजेपछि सुमनको मोबाइल एक्कासि अफ भएको थियो । तर मोबाइल अफ भएको केही घण्टापछि सुमनको मोबाइल अन भएको थियो ।

त्यो समय आमाले फोन गर्दा सुमनले उठाएर ‘तिम्रो छोरा म सँग छ, पैसा दिनुपर्छ’ भनेर जवाफ दिन्छन् । घटना अनुसन्धानमा आफै खटिएका सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार सुजनको हत्यापछि सुमनले उनको सिम आफ्नो मोबाइलमा हालेका थिए ।

सिम हालेपछि उनले मृतक सुजनको आमाको नम्बरमा म्यासेज पनि पठाएका थिए । हत्यापछि सुमन अत्तालिएको जस्तो देखिन्छ’ प्रहरी उपरीक्षक थापा भन्छन् ‘हत्या पश्चात् सुमन घर पुगेर भोलि पल्ट बिहानै फेरी शव भएको ठाउँमा आएको देखिन्छ ।’ ११ गते बिहान करिब ४ बजे उनले हत्या भएको ठाउँबाट सुजनको शव केही मिटर भित्र लुकाउँछन् ।

छोरा नआएपछि बुवा सुरेन्द्र नारायण चौधरीले ११ गते इलाका प्रहरी कार्यालय दुहबीमा खोजतलासको लागि हुलिया सहितको निवेदन दिन्छन् । फोनमा अपहरणको धम्की दिएको विषयमा समेत जानकारी गराउँछन् ।

लगतै घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय दुहबी, १ नम्बर प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम रिट र सङ्घीय प्रहरी इकाई कार्यालय धरानको टिम एकजुट हुन्छ ।

घटना भएको रातको सुजनले बोक्ने फोन र म्यासेजको सिडिआर निकालिन्छ । त्यसमा मृतक सुजनको सिम अर्कोको मोबाइलमा हालेर कुरा भएको भेटिन्छ । अनुसन्धानको क्रममा सुजनको सिम सुमन झाको नाममा रहेको मोबाइलमा हालेको रेकर्ड भेटिन्छ ।

अनुसन्धान टोलीले तत्कालै सुमनलाई १३ गते साँझ पक्राउ गर्छ । सुमनको साथमा सुजनले बोक्ने ट्याब समेत बरामद हुन्छ । अनुसन्धानको क्रममा सुमनले हत्या स्वीकार गर्छन् र शव लुकाएको ठाउँ प्रहरीलाई जानकारी दिन्छन् । अनुसन्धान टोलीले सोमबार बिहान शव बरामद गरेको थियो ।

मनोज भुजेलले लेखेको यो समाचार अपराध न्यूजबाट साभार गरिएको हो ।

Tags: #सुनसरी#हत्या
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.