उपमहानगरपालीकाका कर्मचारीहरुमा कोरोना संक्रमण देखिए सँगै इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयबाट दिदै आएको सेवा प्रवाह २८ गते सम्म बन्द रहने इटहरी उपमहानगरपालिकाका जनस्वाथ्य अधिकृत राम चरण चौधरीले बताएका छन् ।
उनले आज एक सूचना जारी गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरुमा कोरोना बढे सँगै अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु २८ गते सम्म बन्द रहने इटहरी उपमहानगरपालिकाले जनाएको छ । सर्वसाधरणहरुमा समेत कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै सचेत हुन सर्वसाधरणहरुलाई आग्रह गरिएको छ ।














Discussion about this post