सुनसरी : करेन्ट लागेर सुनसरीमा एकजनाको मृत्यु भएको छ ।
सुनसरी बर्जु गाउँपालिका ६ बस्ने ११ वर्षीया अञ्जली मेहताको करेन्ट लागेर मृत्यु भएको हो ।
आज विहान ६ बजे छिमेकीको घरमा पानी भर्ने क्रममा पानी तान्ने मोटरमा बिद्युत सर्ट भई करेन्ट लागेको थियो ।
करेन्ट लागेर अञ्जलीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।














Discussion about this post