इटहरी : विराटनगर महानगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सुनसरीको धरान उपमहानगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै विराटनगर महानगरपालिकाले फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।
विराटनगरको जीतमा सुशान्त तामाङ र भुवन बस्नेतले १–१ गोल गरे ।
धरानको तर्फबाट तपन कार्कीले १ गोल गरे । निकै प्रतिष्पर्धात्मक खेलको १५ औँ मिनेटमा विराटनगरका सुशान्त तामाङले गोल गरेर आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । खेलको २२ औँ मिनेटमा धरानका तपन कार्कीले १ गोल गरी खेललाइ बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरी अवस्थामा सकिएको थियो ।
दोस्रो हाफको २८ औँ मिनेटमा विराटनगरका भुवन बस्नेतले निर्णायक गोल गर्दै विराटनगरलाइ बिजयी गराए । खेलको म्यान अफ द म्याच बिजयी टिम विराटनगरका रमेश राजबंशी घोषित भए । उनलाई प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगद तीनहजार सहित ट्रफी प्रदान गरे ।
विराटनगर महानगरपालिकाले अब उपाधीका लागि शनिबार हुने फाइनलमा दमक नगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ । दमक यसअघि नै इनरुवा नगरपालिकालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।
इटहरीस्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगिताको विजेता टिमले २ लाख नगद र उपबिजेतालाई १ लाख पुरस्कार पाउने आयोजक समितिका संयोजक सूर्य राईले जानकारी दिए ।
यो पनि – गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका स्तरीय फुटबल प्रतियोगिता : विराटनगर सेमिफाइनलमा
यो पनि – गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका स्तरीय फुटबल प्रतियोगिता : इनरुवा सेमिफाइनलमा
यो पनि — गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका स्तरीय फुटबल प्रतियोगिता : धरान सेमिफाइनलमा












Discussion about this post