Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

दुर्घटनामा मृत्यु भएपछि पीडितले गरे इटहरी प्रहरी कार्यालय अगाडि प्रदर्शन, सडक अबरुद्ध

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०७७
in टाकुरा विशेष, समाचार
0
दुर्घटनामा मृत्यु भएपछि पीडितले गरे इटहरी प्रहरी कार्यालय अगाडि प्रदर्शन, सडक अबरुद्ध
1.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आइतबार ट्रिपरको ठक्करबाट मृत्यु भएपछि पीडितले इटहरीमा प्रदर्शन गरेका छन् ।

कोशी राजमार्गस्थित इटहरी १ मा प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ७२ वर्षीय कर्णबहादुर गुरुङको आइतबार घटनास्थलमै मृत्यु भएको थियो ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार दिनभर स्थानीयले सडक अबरुद्ध गरेका थिए । दिनभर पीडित सहमतिमा नआएकाले रातको १२ बजे मात्रै मुचुल्कामा ‘ट्रिपर चालकले नियतबस रुपमा ब्याक गरेर मारेको’ भन्ने उल्लेख गरेपछि पीडितका आफन्तले शव उठाएका थिए ।

आइतबार राति मात्रै सहमतिमा आएका पीडितले सोमबार पनि इटहरीमा प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय अगाडि पीडितले टायर बालेर सडक अबरुद्ध पारेका छन् । ट्रिपर चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै राति मात्रै ट्रिपर चलाउन समेत पीडितको माग रहेको छ ।

सोमबार इटहरी प्रहरी अगाडि आक्रोशित पीडित ।

ट्रिपर चालक इटहरी १९ का २९ वर्षीय अनिल चौधरीले ट्रिपर ब्याक गरेर किचेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

मुचुल्कामा भनिएको छ, ‘ट्रिपर चालकले ब्याक गरेर पटक–पटक किचेर मारेकाले शरीरका अंग क्षतबिक्षत अवस्थामा पुगेको छ, घटनास्थलमा देखिए बमोजिम लेखिएको मुचुल्का साँचो हो ।’ मृतक गुरुङले आफ्नो खुट्टामा मात्रै चोट भएको र ब्याक नगर्न आग्रह गर्दागर्दै पटक–पटक ट्रिपरले किचेको मुचुल्कामा उल्लेख छ ।

प्रहरीका अनुसार आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । ट्रिपर सञ्चालक वार्तामा आउनुपर्ने र उचित क्षतिपूर्ति दिलाउनुपर्ने पीडितको माग छ ।

यो पनि – इटहरीको गंगामार्गमा भयानक दुर्घटना, कर्णबहादुरको घटनास्थलमै मृत्यु

यो पनि – इटहरीका गुरुङको दुर्घटनामा मृत्यु भएको पाँच घण्टासम्म शव उठेन, सडकको दुवैतर्फ चक्काजाम

यो पनि – रातको १२ बजे उठ्यो इटहरीका गुरुङको शव, मुचुल्कामा लेखियो – ‘नियतबस रुपमा ब्याक गरेर मारियो’ (मुचुल्कासहित)

Tags: #इटहरीटाकुरा विशेषदुर्घटनाप्रदर्शनमृत्युसडक अबरुद्ध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    448 shares
    Share 179 Tweet 112
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.