तरहरा : इटहरी २० तरहरामा रहेको एनएमबी बैँकका पाँचजना कर्मचारीको कोरोना संक्रमणको पुष्टि भएको छ ।
केही दिन अघि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा एनएमबी बैँकका पाँचजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले पुष्टि गरे ।
‘अब अर्को रिपोर्ट नआउन्जेल सम्मका लागि आजैबाट बैँक बन्द गरिएको छ,’ वडाध्यक्ष श्रेष्ठले टाकुरासँग भने, ‘स्वास्थ्य प्रोटोकल प्रयोग गरेर मात्रै सार्वजनिक ठाउँमा जानका लागि अपिल गरिएको छ ।’














Discussion about this post