इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले वैशाख ३१ गते मध्यरातिसम्म लकडाउनको आदेश गरेसँगै सीमाबाट प्रवेश गर्ने सबै सवारीसाधन तथा आवतजावतमा रोक लगाएको छ ।
इटहरीको सीमानामा पर्ने मोरङको बुढीखोल पुलबाट यातायात तथा मानिसहरुको आवतजावतमा पूर्ण रोक लगाइएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी अर्जुन केसी स्वयम् त्यहाँ बसेर सुरक्षामा कडाई गरिएको हो ।
यो पनि – इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो
कोरोना संक्रमण तीब्रदरमा फैलदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि लागू हुने गरि लकडाउन गरेको छ ।
लकडाउन कडा बनाउन सबै सुरक्षा निकाय विहानैदेखि तैनाथ छन् ।
अनावश्यक सवारीसाधनलाई होल्ड गर्ने, सम्झाई बुझाइ गर्ने गरिरहेको डीएसपी केसीले बताए ।














Discussion about this post