तरहरा : इटहरी २० तरहराका एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुणामणि पोखरेलले तरहराका ७८ वर्षीय संक्रमतको मृत्यु भएको पुष्टि गरे ।
उनको आज (विहीबार) विहान ९ बजेर ५० मिनेटमा वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
उनलाई हिजो वैशाख २९ गते कोभिड पोजेटिभ देखिएको थियो भने हिजो नै प्रतिष्ठानमा भर्ना गरिएको पोखरेलले बताए । दीर्घ रोगी रहेका उनी भूपू लाहुरे रहेको बुझिएको छ ।
शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।
यो पनि – इटहरीमा कोरोनाका कारण नौ जनाको मृत्यु, कुल संक्रमितको संख्या ६८६ पुग्यो














Discussion about this post