इटहरी : सुनसरी र पाँचथरमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । आज बिहान ९ बजे सुनसरीको गढी गाउँपालिका २ औराबनीका ३५ वर्षीय अरुण चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
इनरुवा ७ बलाहा छेउमा रहेको ओमशक्ति प्लाई फ्याक्ट्रीमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा बिहान साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै, आज दिउँसो साढे ११ बजे पाँचथर याङबरक ५ का २२ वर्षीय रोमी लिम्बूको घर बनाउने मजदुर काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post