इटहरी : इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका सबै बैँक तथा वित्तिय संस्थाहरु जेठ १४ गतेसम्म बन्द हुने भएको छ ।
उपमहानगरपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै यसअघि जेठ ७ गतेसम्म बन्द गर्ने निर्णय भएको भएपनि कोरोना महामारीको जोखीम अझै कायमै रहेकाले जेठ १४ गतेसम्म सबै बैँक तथा वित्तिय संस्था बन्द हुने जनाएको हो ।
यद्यपि, एटिएम सेवा भने सूचारु हुनेछन् । अत्यावश्यक काम पर्नेले भने सम्बन्धित बैँकका पदाधिकारीहरुसँग सम्पर्क गर्नसक्ने सूचनामा उल्लेख छ ।















Discussion about this post