इटहरी : इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका बैँक तथा वित्तिय संस्था हप्तामा तीन दिन खुल्ला हुने भएको छ ।
उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै यहाा रहेका बैँक तथा वित्तिय संस्थाहरु हप्तामा तीन दिन खुल्ला हुने जनाएको हो ।
सूचनाअनुसार आइतबार, मंगलबार र बिहीबार बैँक खुल्ला हुनेछन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेसँगै त्यस समय सम्मका लागि हप्तामा तीन दिन बैँक खुल्ला हुनेछन् ।















Discussion about this post