इटहरी : सुनसरीबाट ब्राउनसुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाँउपालिका ८ भण्टाबारीबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका ८ भाण्टाबारीका ४० वर्षीय शंम्भु कबिरथ रहेका छन् । विशेष सूचनाका आधारमा पक्राउ परेका कबिरथको साथबाट ९.५४० ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका कबिरथलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post