तरहरा : इटहरी २० तरहरामा शनिबार बिहान एकैठाउँ श्रीमान श्रीमती मृत फेला परेका छन् ।
गएराति इटहरी १९ र २० मा पर्ने खार्साला खोलामा श्रीमान श्रीमती नै मृत फेला परेको वडाध्यक्ष मणिराम श्रेष्ठले पुष्टि गरे ।
उनका अनुसार उदयपुरको रौता गाउँपालिका ३ घर भइ हाल इटहरी २० मा कोठाभाडामा बस्दै आएका हेमशेर राई र शर्मिला राई मृत फेला परेका हुन् । उनीहरुको उमेर क्रमशः २५ र २२ वर्ष हो ।
उनीहरू यहाँको रोयल फर्निचरमा काम गर्दै आएको श्रेष्ठले जानकारी दिए । खोलामा माछा मार्न जाने क्रममा करेन्ट लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूको तीन वर्षीया छोरी छन् ।
अहिले घटनास्थलबाट शव पोस्टमार्टमका लागि लैजाने तयारी भइहेको छ ।
यो पनि – तरहरामा कहालीलाग्दो घटना स् श्रीमान, श्रीमतीको यसरी भयो मृत्यु (विस्तृत विवरणसहित)














Discussion about this post