सुन्दरहरैँचा : ओरन्टो मल्टिट्रेड प्रालिले मोरङको सुन्दरहरैँचा वडा नम्वर १ र ११ का ५० परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई राहत वितरण गरिएको संथाका सदस्य अनिल रायमाझी बताए । उनका अनुसार यहाँका ५० घर परिवारलाई चामल, दाल, तेल, नुर जस्ता खाद्यान्न वितरण गरिएको थियो ।
एक गाउँ, एक उत्पादन, एक घर, एक रोजगार, एक बस्ती, एक बिक्री केन्द्र भन्ने सन्देशका साथ युएईबाट स्थापित संस्थाले देशभरी विभिन्न सामाजिक काम गर्दै आएको संस्थाका नगर संयोजक काजीलाल भारतीले बताए ।
संस्थाले देशका विभिन्न स्थानमा राहत सामाग्री वितरण गरेको उनको भनाइ छ । धेरै भन्दा धेरै मानिसलाई राजगार बनाउने संस्थाको उदेश्य रहेको सदस्य अनिल रायमाझीले बताए
खाद्यान्न वितरण कार्यक्रममा ओरेन्टो मुल्टिट्रेडबाट युवराज पौडेल, प्रकाश श्रेष्ठ, दीप पोखरेल, सुरेश निरौला, कृष्ण दाहाल, अनिल रायमाझी, बबिन रायमाझी लगायतको सहभागी रहेको थियो ।












Discussion about this post