उदयपुर । उदयपुरको कटारी नगरपालिकास्थित जिल्ला प्रहरी कार्याल उदयपुर मातहतको इलाका प्रहरी कार्यालय कटारीले सोमबार साँझ साढेसात बजे १ सय ८२ केजी गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार २०८३ असोज ५ गते राति १९ः३० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कटारी नगरपालिका वडा नं. स्थित भुसुने जङ्गलमा रहेको खाली जग्गाको झाडीमा ९ वटा बोरामा रहेको १८२ के.जी. लागु औषध गाँजा बेबारिसे अवस्थामा बरामद गरेको छ ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
















Discussion about this post