Monday, November 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

माधव पोख्रेल by माधव पोख्रेल
अशोज ६, २०८३
in समाचार
0
उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?
75
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : उदयपुर जिल्लाका एम्बलेन्स सञ्चालकहरुले पहिले निर्धारण गरेको भाडादरमा एम्बुलेन्स सेवा सञ्चालन नगरी आफू खुसी रूपले भाडा लिन थालेपछि अहिले भाडामा एकरूपता ल्याउन भाडादर निर्धारण गरिएको छ ।

एम्बुलेन्स सञ्चालकले तेलको मूल्यवृद्धि लगायतका कारण देखाउँदै मनपरी भाडा असुल्न थालेको जनगुनासो बढेपछि उदयपुरमा एम्बुलेन्सको भाडादरमा एकरूपता कायम गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सका लागि गन्तव्य र दूरीका आधारमा नयाँ भाडादर निर्धारण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातीको अध्यक्षतामा बसेको समितिको बैठकले सडकको अवस्था, बढ्दो सञ्चालन खर्च र सेवाग्राहीबाट प्राप्त गुनासोलाई आधार बनाएर भाडा समायोजन गरेको जनाएको छ । अब एम्बुलेन्स सञ्चालकले समितिले तोकेको दरभन्दा बढी रकम लिन नपाउने भएका छन् ।

स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाका अनुसार एम्बुलेन्सले बिरामी ओसारपसार गरेबापत अनिवार्य रूपमा बिल वा रसिद उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । तोकिएकोभन्दा बढी भाडा असुल गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स सञ्चालकमाथि कारबाही गरिने उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकाम गाईघाटस्थित उदयपुर अस्पताल र कटारीस्थित प्रादेशिक अस्पताललाई आधार बनाएर विभिन्न गन्तव्यका लागि छुट्टाछुट्टै भाडादर निर्धारण गरेको छ ।

नयाँ दरअनुसार गाईघाटबाट धरान, इटहरी र विराटनगरसम्म एम्बुलेन्स भाडा ६ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, गाईघाटबाट राजविराजका लागि ४ हजार, जनकपुरका लागि ७ हजार र काठमाडौंका लागि १७ हजार ५ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । अन्य गन्तव्यका लागि भने दूरी तथा सडकको अवस्थालाई आधार बनाएर भाडादर कायम गरिएको समितिले जनाएको छ ।

एम्बुलेन्सले मनपरी भाडा लिने गरेको गुनासो बढेपछि कोशी प्रदेश सरकार तथा स्वास्थ्य मन्त्रालयबाट जिल्लामा एम्बुलेन्सको भाडादर समायोजन गर्न निर्देशन आएको थियो ।

सोही निर्देशनका आधारमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले नयाँ भाडादर निर्धारण गरी लागू गरेको सूचना अधिकारी निरौलाले बताए ।

समितिले तोकिएको भाडादरअनुसार मात्र सेवाग्राहीबाट रकम लिन एम्बुलेन्स सञ्चालकलाई निर्देशन दिएको छ । सेवाग्राहीसँग बढी रकम असुल गरेको प्रमाणित भएमा सम्बन्धितलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी, एम्बुलेन्स सञ्चालक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

बैठकले एम्बुलेन्सको भाडादरलाई समय अनुकूल बनाउन हरेक वर्ष पुनरावलोकन गर्ने निर्णयसमेत गरेको छ । यसबाट इन्धन तथा सञ्चालन खर्चमा हुने परिवर्तनअनुसार भाडादर समायोजन गर्न सकिने समितिले जनाएको छ ।

Tags: एम्बुलेन्सभाडादर
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान
FEATURE BREAKING

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

by माधव पोख्रेल
कार्तिक २३, २०८३
0

उदयपुर : उदयपुरको बेलका नगरपालिका वडा नं. ५ का भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबारीहरु करिब ११ हजारमध्ये ४३ घर...

सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या
FEATURE BREAKING

मोरङमा अनधिकृत प्रेम सम्बन्ध खुल्ने डरले श्रीमतीले गरिन् श्रीमान्को हत्या

by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८३
0

मोरङ : गोप्य राखिएको प्रेम सम्बन्ध बाहिरिने डरले मोरङको जहदामा एक व्यक्तिको ज्यान गएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ ।...

ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

कार्तिक २३, २०८३
यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

कार्तिक २२, २०८३
साँझपख गुलजार बन्छ धरान

तिहारको किनमेलले व्यस्त बने धरानका बजार

कार्तिक २२, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

कार्तिक २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

कार्तिक २३, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

मोरङमा अनधिकृत प्रेम सम्बन्ध खुल्ने डरले श्रीमतीले गरिन् श्रीमान्को हत्या

कार्तिक २३, २०८३
ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

कार्तिक २३, २०८३
यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

कार्तिक २२, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    926 shares
    Share 370 Tweet 232
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    382 shares
    Share 153 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    335 shares
    Share 134 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.