Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा आमासँग बिहे, नौ वर्षीया छोरीमाथि यौन दुरुपयोग, यसरी बाहिरियो घटना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ६, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीमा आमासँग बिहे, नौ वर्षीया छोरीमाथि यौन दुरुपयोग, यसरी बाहिरियो घटना

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

1.6k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : श्रीमान सशस्त्रको जागिरमा । घरमा दुई छोरी । तर, प्रायःजसो धेरै समय परपुरुषसँगै सहवास ।

इटहरी २० तरहराकी ३३ वर्षीया महिलाको घिनलाग्दो हर्कत हो, यो । यतिमात्रै होइन, ती महिलाकी नौ वर्षीया छोरीलाई पनि युवकले गिद्धे दृष्टिकोणले हेर्ने र बाल यौन दुरुपयोग समेत गर्ने गरेको रहस्य खुलेको छ ।

नौ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेकाले इटहरी ४ का ३८ वर्षीय किसनकुमार उदासलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार तरहराकी नौ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको उजुरीका आधारमा किसनलाई पक्राउ गरिएको हो ।

‘बालिकाकी आमासँग गत वैशाखमा उनले विवाह गरेका रहेछन्,’ केसीले भने, ‘बालिकालाई यौन दुरुपयोग गर्ने गरेको आरोप लगाउँदै उजुरी परेको छ, सोही आधारमा पक्राउ गरिएको हो ।’ उनका अनुसार किसनले बालिकाका संवेदनशील अंगमा हातपात गर्ने, समाउने, मुसार्ने जस्ता क्रियाकलाप गरेकाले पीडित बालिकाले आफन्तको सहारा लिएर उजुरी गरेकी थिइन् ।

‘छोरीको भनाइ सुनेपछि मैले अब पनि उजुरी गरिन भने ठूलो पाप लाग्छ भनेर उजुरी गरेको हुँ,’ पीडितले भने, ‘एउटा झुट लुकाउनका लागि दसवटा झुट बोल्नुपर्छ, छोरीलाई मानसिक रुपमा पनि निकै समस्या भएको छ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालिकाकी आमा र किसनकुमारबीच केही वर्षदेखि नै घनिष्ट सम्बन्ध रहँदै आएको थियो । सोही कारण गत वैशाखमा पहिलाका पतिलाई छाडेर ती महिलाले किसनसँगै विवाह गरेकी थिइन् ।

विवाह गर्नुअघि किसनकुमारसँग दिनहुँजसो उनको भेटघाट हुन्थ्यो । महिलासँगको भेटमा किसनले बालिकाका संवेदनशील अंगमा हातपात गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यसरी बाहिरियो घटना

श्रीमान सशस्त्रको जागिरमै रहन्थे । धेरैजसो दिन किसन ती महिलाकहाँ आउँथे, कहिले ती महिला नै छोरीसँग किसनको घरमै जान्थिन् । किसनले बेला–बेला बालिकाका संवेदनशील अंग मुसार्ने, खेलाउने जस्ता हर्कत गर्थे ।

एकदिन अति भएपछि बालिकाले आफ्ना बाबुलाई सबैकुरा भनिन् । घटना गत वैशाख १९ को हो ।

‘बच्चालाई हिसाब सिकाइरहेको थिएँ, एकदिन बच्चाले धेरै नै समस्या भएको भन्दै सबै क्रियाकलाप सुनाएपछि घटनाबारे थाहा भयो,’ पीडित बालिकाका बाबुले टाकुरासँग भने, ‘उनीहरु गहिरो प्रेममा परिसकेका रहेछन्, वैशाख २२ गते कि मर्छु, कि मार्छु भनेर भनेपछि त्यो युवक (किसन) लाई बोलाएर २३ गते नै जिम्मा लगाइयो ।’

पीडितका अनुसार वैशाख २३ गते उनीहरुलाई तरहराको एक मन्दिरमार्फत दुवै पक्षका आफन्त बोलाएर जिम्मा लगाइएको थियो ।

छोरीले सुनाएका क्रियाकलापबारे श्रीमतीसँग बुझ्दा ती महिलाले स्वीकार गरेका कारण उनीहरुले राजीखुशीमै विवाह गरे ।

तर, आमालाई बिहे गरेपनि बालिकालाई भने संवेदनशील अंगमा हातपात गरेकाले असह्य भएको खुलेपछि तीन दिन अघि इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी गरिएको पीडितले बताएका छन् ।

‘छोरीको भनाइ सुनेपछि मैले अब पनि उजुरी गरिन भने ठूलो पाप लाग्छ भनेर उजुरी गरेको हुँ,’ पीडितले भने, ‘एउटा झुट लुकाउनका लागि दसवटा झुट बोल्नुपर्छ, छोरीलाई मानसिक रुपमा पनि निकै समस्या भएको छ ।’

उनका अनुसार एक नौ वर्षीया र अर्की पाँच वर्षकी छोरी छन् ।

पीडितका अनुसार आफू जागिरमा छदाँ पठाएको रकम तथा गरगहना गरी करीब १५ लााख रुपैँया समेत ती महिलाले लगेकी छन् । ‘छोरीमाथि पनि यस्तो किसिमको हर्कत गरेकाले पीडा छ, सबै गरगहना र रकम पनि लगेकाले अर्को पीडा थपिएको छ ।’ पीडितले भने ।

बालिकाका आमालाई विवाह गर्नुअघि नौं वर्षीया बालिकालाई संवेदनशील अङ्गमा छुने, समाउने कार्य गरेकाले उजुरी परेको थियो । सोही आधारमा आधारमा किसनलाई पक्राउ गरेको इटहरी प्रहरीले जनाएको छ ।

आरोपित किसनलाई सोमबार प्रहरीले पक्राउ गरेर जिल्ला अदालत सुनसरीमा बाल यौन दुरुपयोगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको इटहरी प्रहरीले जनाएको छ ।

 

Tags: #इटहरीटाकुरा विशेषयौन शोषण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल
FEATURE BREAKING

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

इटहरी : शनिबार साँझ कोशी कलेजको सभाहलमा कविता, मौनता र संवेदनाको अद्भुत संगम देखियो। काव्य डबलीले आफ्नो तेस्रो शृङ्खला आयोजना...

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित
विविध

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

by रासस
असार १४, २०८३
0

इलाम : वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट...

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    657 shares
    Share 263 Tweet 164
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.