Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्रेस युनियन सुनसरीद्धारा पत्रकार विराट अनुपमलाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २०, २०७८
in विविध, समाचार
0
प्रेस युनियन सुनसरीद्धारा पत्रकार विराट अनुपमलाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया हस्तान्तरण
290
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बीमा बापतको सत्तरी हजार रुपैँया बुधबार हस्तान्तरण गरिएको हो ।

युनियन सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्षसहित सुनसरीका तीन सय सञ्चारकर्मी गरी जम्मा तीन सय १४ जनाको दुर्घटना बीमा गरिएको थियो । ती मध्ये पहिलोपटक दुर्घटनामा परेर घाइते भएका पत्रकार अनुपमलाई दुर्घटना बापतको रकम हस्तान्तरण गरिएको उनले बताए ।

‘प्रदेश १ मै पहिलोपटक पत्रकारहरुलाई यसरी दुर्घटना बीमा गर्नु र रकम दिनु नौलो सुरुवात हो,’ अधिकारीले भने, ‘पत्रकारका निम्ति काम गर्ने संस्थाले पहिलोपटक विशुद्ध बीमाबाट आएको रकम हामीले हस्तान्तरण गरेका हौँ ।’

६ दिन अघि अजोड इस्न्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौँका सिईओ कुमारबहादुर खत्रीलाई युनियनका अध्यक्ष अधिकारी र नेपाल प्रेस युनियन सुनसरीका सदस्य विवेक विवश रेग्मीले दुर्घटना बिमित पत्रकारको डकुमेन्ट बुझाएका थिए । एक हप्ताभित्र रकम प्राप्त हुने आश्वासन पाएको केहीदिनमै रकम प्राप्त भएसँगै बुधबार उक्त रकम हस्तान्तरण गरिएको हो ।

अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका दुई सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा समेत गरेको थियो । बिमित सञ्चारकर्मीमध्ये ४५ जनालाई कोरोना संक्रमण भएको थियो भने हालसम्म ३० जनाले एकलाखका दरले रकम समेत पाइसकेका छन् ।

‘पहिलेको लटमै कोरोना लागेका तीनजनासहित १५ जनाको रकम आउन बाँकी छ,’ अधिकारीले भने, ‘सरकारबाटै पैसा रोकिएका कारण उपलब्ध नभएकाले वितरण गर्न पाइएको छैन, रकम आउने आश्वासन पाएका छौँ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गर्दै युनियनले सराहनीय काम गरेको बताए । पत्रकारहरुको हितमा काम गर्नका निम्ति चाहेको अवस्थामा जसरी पनि गर्न सकिने उदाहरण सुनसरी युनियन भएको उनको तर्क छ ।

दुर्घटना बिमित पत्रकार विराट गौतम (अनुपम) ले पैसा बुझिसकेपछि युनियनले पत्रकारहरुको हितका निम्ति गरेको सकारात्मक कामको प्रशंसा गरे । ‘दुर्घटना बीमा मलाई आफैँ गर्न मन थियो, जागिर खाने मान्छेलाई दुर्घटना बीमा आवश्यक पर्छ भन्ने अनुभूत भएको छ,’ उनले भने, ‘दुर्घटना बीमा नगरेको भए ठूलो आर्थिक क्षति हुन्थ्यो, युनियनले यसरी पैसा दिनुले धेरै आर्थिक राहत भएको छ ।’

उनले व्यक्तिगत रुपमा वा अन्य संस्थामार्फत बीमा गरिएको भए प्रक्रिया लामो हुने र पैसा आउन पनि समय लाग्ने भएकाले आफ्नो डकुमेन्ट दिएको केही दिनमै युनियनले बीमा बापतको पैसा दिनुले खुशी भएको बताए ।

उनी गत वैशाख १६ गते समाचार संकलनका क्रममा लडेर घाइते भएका थिए ।

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीदुर्घटना बीमा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.