इटहरी : लकडाउन उल्लंघन गरेर शिक्षकले कुदाएको मोटरसाइकलले ठक्कर दिँदा शुक्रबार साँझ मोरङमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १८ प ६२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सशस्त्र बेस क्याम्प लक्ष्मीमार्गमा कार्यरत इन्सपेक्टर चेतन बाह्रकोटी घाइते भएका हुन्।
‘लकडाउन’का समयमा मोटरसाइकल चलाएको पाइएपछि सशस्त्रको टोलीले रोक्न खोजेको थियो। रोक्न खोजेकै मोटरसाइकलले ठक्कर दिँदा घटना भएको प्रहरीले जनाएको छ ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post