झापा : बिर्तामोड नगरपालिका ५ नयाँ बसपार्क मिलन चौकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ को सुमन तामाङ रहेका छन् ।
आज दिउसो लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट गएको सयुक्त प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर २० ग्राम र उनिहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post