इटहरी : इटहरीमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका १७ बडहराकी ५० वर्षीया लताकुमारी श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।
आज (बिहीबार) दिउँसो साढे १ बजे आफ्नै घर आँगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि विराट टिचिङ हस्पिटल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post