इटहरी : ओखलढुंगा खिजिदेम्बा गाऊपालिका ५ ढाडखर्क का ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको छ ।
हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ वर्षीय बिर बहादुर तामाङ रहेका छन् ।
आज दिउसो हत्या भएको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट गएको प्रहरी टोली गई खुकुरी सहित हत्यामा सम्लग्न दुवै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाऊ सहित पक्राउ गरेको छ ।
उनिहरुले अंशबण्डाको विषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको हो । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल गएको छ ।
उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम उत्तर रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post