झापा : झापाको बिर्तामोड ३ बाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जनालाई प्रहरीेले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरी २ का ३४ वर्षीय भिमराज राई र पथरी १ का ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका छन ।
हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय अनारमनिबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।
पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाइ समेत पक्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post