इटहरी : इटहरी उपमहानगरपालिकाले सिलाई कटाई सीप सिकेका महिलाहरूलाई सिलाई मेशिन प्रदान गरेको छ ।
उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रमकाबीच सिलाई मेशिन हस्तान्तरण गरिन् । इटहरी ५ नम्बर वडा कार्यालयको तर्फबाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरी २० वटा सिलाई मेशिन वितरण गरिएको हो ।
समृद्वि हेल्भेटास परियोजना अन्र्तगत ६५ दिनसम्म सञ्चालित टेलरिङ्ग तालिमको समापनका अवसरमा मेशिन हस्तान्तरण गरिएको हो ।
महिलालाई सीप सिकाएर मेशिन समेत प्रदान गरेर गरिखाने बनाउने लक्ष्य राखिएको उपमेयर गौतमले बताइन् ।
सम्वृद्धि हेल्भेटास परियोजनाका टिमलिडर बालमुकुन्द न्यौपानेले हातमा सीप भएको मान्छेले रोजगार प्रदान गर्न सक्ने बताए ।














Discussion about this post