धरान : धरानका २ जना युवा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रकाउ पर्नेमा धरान ७ का ३० वर्षीय सन्तोष लिम्बु र धरान ८ का २८ वर्षीय सविन तामाङ रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले इनरुवा ३ पुर्वपश्चिम राजमार्गमा पर्ने सखुवागाछीबाट पक्राउ गरेको हो । पुर्वतर्फ गइरहेका दुवै जना प्रदेश नं १ – ०२ – ०४५ प ११८३ लेखिएको पल्सर मोटरसाइकलमा सवार थिए ।
उनीहरु चढेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा प्रतिबन्धीत औषधि ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ठुलो परिमाणमा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट कुल ९ हजार २५० क्याप्सुल ट्रमाडोल भेटिएको छ ।
दुवै जनालाई आवश्यक कानुनी कारबाहीको लागि औषीध व्यवस्था विभाग विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।














Discussion about this post