इलाम : इलामको देउमाई नगरपालिका ५ बारुङ का ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
आज बिहान उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनिहरुको मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट गएको प्रहरी टोलीले गएर कमल तामाङलाई नियन्त्रणमा लिएको हो ।
घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post