इटहरी : इटहरीमा तीव्र गतिमा रहेको मोटरसाइकल बाटो क्रस गर्दै गरेको सिटी सफारीसँग ठक्कर हुँदा पाँचजना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार (हिजो) राति ८ः१० बजेको समयमा इटहरी १ स्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्व जाँदै गरेको प्र १–०२–०४० प ३५०८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको को १ ह २४६५ नम्बरको सिटी सफारीमा ठक्कर हुँदा पाँचजना घाइते भएका हुन् ।
ती मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक इटहरी ८ बस्ने २५ वर्षीय भोजराज श्रेष्ठ र इटहरी ४ बस्ने ५२ वर्षीय विजय राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । यस्तै, सफारीमा सवार इटहरी ६ बस्ने ३७ वर्षीय कैलाश धमला, निजकै श्रीमती ३० वर्षीया यसोदा धमला र ५ वर्षीया छोरी युनिषा धमला सामान्य घाइते भएका छन् ।
उनीहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । मोटरसाइकल तीव्र गतिमा रहेको र सफारीले बाटो काट्दा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुवै सवारी साधन इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post