इटहरी : ठूलीआमाको काजकिरियामा पुगेर घर फर्किँदै गरेका एक पुरुषको दुर्घटनामा परेर मृत्यु भएको छ ।
सङ्खुवासभाको चैनपुरस्थित ठूलीआमा पून्यवती भट्टराईको मृत्यु शोकमा पुगेर घर फर्किंदै गरेका मोरङ बेलबारी नगरपालिका ८ का ४० वर्षीय हरिप्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलबार दिउँसो कोसी राजमार्गको धनकुटा नगरपालिका ६, फोक्लेन्ड टापु खण्डमा प्रदेश १–०२–०४१ प ९४०९ नम्बरको मोटरसाइकललाई को १ ख ७२४० नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भट्टराईको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक ४२ वर्षीय तुलसीप्रसाद भट्टराई घाइते भएका छन् । मृतक हरि र मोटरसाइकल चालक तुलसी दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बस र बसका चालक भोजपुरका ३४ वर्षीय नवराज खत्रीलाई नियन्त्रणमा लिएको छ ।














Discussion about this post