विराटनगर : मोरङको छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट परी दुईजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ त ७१३९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार सोही स्थानका ३४ वर्षीय मुन्ना कुमार साहनीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र चालक सोही स्थानका १९ वर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका छन् ।
यस्तै, मोरङकै बूढीगंगा गाउँपालिका २ टंकीमा दक्षिणतर्फ जाँदै गरेको प्र १–०४–००१ प ६४६० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ डिभाइडरमा ठोक्किदाँ स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारेका २६ वर्षीय सुरज खनालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post